•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

श्रीगाउँ दाङकाे केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वितीय शाक्षरता कार्यक्रम सम्पन्न

April 12, 2026, Dang Ghorahi:

ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय श्रीगाउँ दाङकाे आयोजनामा मिति २०८२/१२/२९ गते केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वितीय शाक्षरता कार्यक्रम दंगिशरण गाउँपालिका -३, चखाैरा दाङमा सम्पन्न भएकाे थियाे । 

संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा ४ उत्कृष्ट केन्द्र , ४ उत्कृष्ट उद्यमी सदस्य , १ उत्कृष्ट बचत कर्ता र ७ अनुशासित केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे । 

शिक्षामा सबैकाे पहुँच पुर्‍याउन १५ जना बिद्यालयमा अध्ययनरत भाई बहिनीहरुलाई छात्रवृत्ति स्वरुप स्टेसनरी सामग्री र सहभागी सदस्यहरुलाई सेनेटरी प्याड पनि वितरण गरिएकाे थियाे । 

कार्यक्रम शाखा प्रबन्धक दिलमायाँ वि.क. काे सभाध्यक्षतामा सम्पन्न भएकाे थियाे ।