नारायणपुर शाखाकाे आयोजनामा केन्द्र प्रमुख र उद्यमी संग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
April 9,2026, Dang Ghorahi:
आज मिति 2082 चैत्र 25 गतेका दिन यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय नारायणपुरकाे आयोजनामा केन्द्र प्रमुख र उद्यमी संग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सोगत वीर चौधरी को प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा आर्थिक रूपमा बिपन्न तथा जेहेन्दार 32 जना छात्र छात्राहरुलाई छात्रवृति स्वरूप स्टेशनरी प्रदान गर्नुका साथै सदस्यहरुलाई सेनेटरी प्याड पनि वितरण गरिएको थियो भने 500 जना सदस्यहरुको सहभागिता रहेको थियो।