•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

घाेराही दाङकाे केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वितीय शाक्षरता कार्यक्रम सम्पन्न

April 5, 2026, Dang Ghorahi

ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय घाेराही दाङकाे आयोजनामा मिति २०८२/१२/२२ गते केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वितीय शाक्षरता कार्यक्रम हाेटल माला इन घाेराही दाङमा सम्पन्न भएकाे छ ।

 संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी ज्यू काे प्रमुख आतिथ्यता र सस्थापक अध्यक्ष तथा ग्रामीण महिला उत्थान केन्द्र दाङकाे अध्यक्ष आसमानी चाैधरी ज्यू काे आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । 

कार्यक्रममा ४ उत्कृष्ट केन्द्र , ५ उत्कृष्ट उद्यमी सदस्य , १ उत्कृष्ट बचत कर्ता र १० अनुशासित केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे । 

शिक्षामा सबैकाे पहुँच पुर्‍याउन २० जना बिद्यालयमा अध्ययनरत भाई बहिनीहरुलाई छात्रवृत्ति स्वरुप स्टेसनरी सामग्री र सहभागी सदस्यहरुलाई सेनेटरी प्याड पनि वितरण गरिएकाे थियाे । कार्यक्रममा ५०० बढिकाे उपस्थिति रहेकाे थियाे