केन्द्र प्रमुख तथा उद्यमीसँग वित्तीय शाक्षरता कार्यक्रम राजापुरमा सम्पन्न
Feb 14, 2026, Dang Ghorahi:
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बदालपुरकाे आयोजनामा केन्द्र प्रमुख तथा उद्यमीसँग वित्तीय शाक्षरता कार्यक्रम राजापुरमा सम्पन्न भएकाे छ । संस्थाकाे प्रमुख कार्यकारी अधिकृत आदरणीय साेगत वीर चाैधरी ज्यूकाे प्रमुख आतित्थ्यतामा साे कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा ४ उत्कृष्ट केन्द्र , ४ जना सफल उद्यमी , १ उत्कृष्ट बचत कर्ता र ९ अनुशासित केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे । कार्यक्रममा शिक्षामा सबैकाे पहुँचकालागि छात्रवृत्ति वितरण तथा समूह सदस्यहरुलाई सेनेटरी प्याड पनि वितरण गरिएकाे थियाे ।