•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

March 1, 2025, Dang Ghorhai: 

ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड बदालपुर शाखाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम राजापुर न।पा। ४, राजापुर बर्दियामा सम्पन्न भएको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी ज्यू को प्रमुख आतित्थ्यता र बरिस्ठ सहायक दिपक गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

गोष्ठीमा ४ उत्कृष्ट केन्द्र , ३ उत्कृष्ट उद्यमी, १ उत्कृष्ट बचत कर्ता र ४ अनुसाशित केन्द्रहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

अतिथिको रुपमा संस्थाको संचालक समिति सदस्य मिना गिरी , ग्रामीण महिला उत्थान केन्द्रको प्रतिनिधि हित बहादुर थापा, अभिभावक लाल बहादुर थारु रहनु भएको थियो ।

विनिता चौधरी को स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजिकरण जनशक्ति ब्यबस्थापन विभाग प्रमुख काली दास चौधरीले गर्नु भएको थियो भने आन्तरिक लेखापरीक्षण विभाग प्रमुख नेप बहादुर चौधरीले वित्तीय साक्षरत संचालन गर्नु भएको थियो ।