फत्तेपुर बाँकेकाे केन्द्र प्रमुखहरुसंगकाे बार्षिक समीक्षा गाेष्ठी तथा वित्तीय शाक्षरता अभिमुखिकरण
March 12, 2024: Dang Ghorahi: ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फत्तेपुर बाँकेकाे आयोजनामा केन्द्र प्रमुखहरुसंगकाे बार्षिक समीक्षा गाेष्ठी तथा वित्तीय शाक्षरता अभिमुखिकरण आज मिति २०८०/११/२८ गते सम्पन्न भएकाे छ ।
राप्तीसाेनारी गा.पा. ६ काे वडा अध्यक्ष श्री लभराज खरेलकाे प्रमुख आतिथ्यतामा र संस्थाकाे प्रमुख कार्यकारी अधिकृत श्री साेगत वीर चाैधरी ज्यू काे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । फत्तेपुर शाखाकाे शाखा प्रबन्धककाे जिम्मेवार राम कुमार चाैधरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा केन्द्र नं ५२, ५०, १४ र २० उत्कृष्ट केन्द्रकाे रुपमा सम्मानित हुनुभएकाे थियाे भने मनाेज कुमार राढ, जुना यादव, गजेन्द्र कुमार हमाल उत्कृष्ट उद्येमीकाे रुपमा सम्मानित हुनुभएकाे थियाे । यसै गरि एकजनालाई उत्कृष्ट बचत कर्तालाई सम्मानित गरिएकाे थियाे ।
