•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

गढवा दाङकाे केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वितीय शाक्षरता कार्यक्रम सम्पन्न

31 March 2026, Dang Ghorahi: 

यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड मातृ संस्था ( ग्रामीण महिला उत्थान केन्द्र ) शाखा कार्यालय गढवा दाङकाे आयोजनामा केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वितीय शाक्षरता कार्यक्रम गढवा दाङमा सम्पन्न भएकाे छ। संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी ज्यू काे प्रमुख आतिथ्यतामा कार्यक्रम २०८२ चैत्र १६ गते सम्पन्न भएकाे हाे ।

 कार्यक्रममा ४ उत्कृष्ट केन्द्र , ४ उत्कृष्ट उद्यमी सदस्य , १ उत्कृष्ट बचत कर्ता र १० अनुशासित केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे ।

 यसै गरि २० जना बिद्यालयमा अध्ययनरत भाई बहिनीहरुलाई छात्रवृत्ति स्वरुप स्टेसनरी र सहभागी सदस्यहरुलाई सेनेटरी प्याड पनि वितरण गरिएकाे थियाे । 

कार्यक्रममा उत्कृष्ट केन्द्रका प्रमुख , उत्कृष्ट उद्यमी सदस्यहरुले संस्थाले आफुहरुलाई ब्यबसायी बनाएसंगै आफ्नो जिवनमा परिवर्तनको कुरा बताउनु भयाे । 

कार्यक्रम उदघाेषक नेप बहादुर चौधरी हुनुहुन्थ्यो भने बित्तीय साक्षरता अभिमुखिकरण निर्मल चौधरीले गर्नुभएको थियाे।