•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम  राप्ती सोनारी गा.पा- ४, बैजापुरमा सम्पन्न

March 1, 2025: Dang Ghorahi:

ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड बैजापुर शाखाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम  राप्ती सोनारी गा।पा। ४, बैजापुरमा सम्पन्न भएको छ ।

कार्यवाहक अध्यक्ष मंगरे थारुको प्रमुख आतित्थ्यता र अधिकृत मोहन चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अतिथिको रुपमा प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी, ग्रामीण महिला उत्थान केन्द्रको अधिकृत हित बहादुर थापा, ईलाका प्रहरी कार्यालयको इन्चार्ज बाल बहादुर घर्ती मगर, अभिभावक तिलक बहादुर वली रहनु भएको थियो ।

कार्यक्रममा २५ जना सरकारी विद्यालयमा अध्यनरत छात्र रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

यसै गरि ४ उत्कृष्ट केन्द्र , ६ उत्कृष्ट उद्यमी, १ उत्कृष्ट बचत कर्ता र ६ अनुसाशित केन्द्रहरुलाई सम्मान तथा पुरस्कार  प्रदान गरिएको छ ।