नारायणपुरको केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सपन्न
March 23, 2025: Dang Ghorahi:
ग्रामिण महिला उत्थान केन्द्र दांगले प्रबर्धन गरेको आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय नारायणपुरको आयोजनामा आज घोराही १० नारायणपुरमा केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सपन्न भएको छ ! 
शाखा प्रबन्धक बसन्ती श्रेष्ठको अध्यक्षता एंब ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यता र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम संपन्न भएको हो ! 

कार्यक्रममा उत्कृष्ट समूह, उत्कृष्ट उद्यमी, उत्कृष्ट बचतकर्ताहरू लाई सम्मानपत्र र नगद राशिद्वारा सम्मान गरीएको थियो भने बिपन्न जेहेंन्दार शेयर सदस्यका १४ जना बालबालिकाहरूलाई छात्रवृत्ति समेत प्रदान गरीएको थियो !
