गढवा शाखा दाङको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
March 13, 2025, Dang Ghorahi:
ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखा दाङको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आज मिति २०८१र११र२९ गते सम्पन्न भएको छ ।
गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा पोख्रेलको प्रमुख अतित्थ्यतामा र शाखा प्रबन्धक सुशिला भण्डारीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी, ग्रामीण महिला उत्थान केन्द्रको प्रतिनिधि कार्यक्रम अधिकृत हित बहादुर थापा , उत्कृष्ट केन्द्रका प्रतिनिधि , उत्कृष्ट उद्यमीका प्रतिनिधि लगायतले मन्तब्य राख्नु भएको थियो ।
गोष्ठीमा ४ उत्कृष्ट केन्द्र , ३ उत्कृष्ट उद्यमी, १ उत्कृष्ट बचत कर्ता र १० अनुशासित केन्द्र लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । 
कनिष्ठ अधिकृत रञ्जना चौधरी को स्वागत मन्तब्य र आन्तरिक लेखापरीक्षण विभाग प्रमुख नेप बहादुर चौधरीले वित्तीय शाक्षरत अभिमुखिकरण गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण जनशक्ति ब्यबस्थापन विभाग प्रमुख काली दास चौधरीले गर्नु भएको थियो ।