फत्तेपुर शाखा बाँकेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
March 4, 2025: Dang Ghorahi
ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड फत्तेपुर शाखा बाँकेको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
राप्तीसोनारी गाउँपालिकाको उपप्रमुख मनिषा सिंह थारु ज्यू को प्रमुख आतित्थ्यता बिशेष अतिथि वडा प्रतिनिधि नर बहादुर पुन र बरिस्ठ सहायक राम कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 
अतिथि को रुपमा संस्थाको प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी, ग्रामीण महिला उत्थान केन्द्रको प्रतिनिधि हित बहादुर थापा , अभिभावक तिलक बहादुर थापा रहनु भएको थियो ।
गोष्ठीमा ४ उत्कृष्ट केन्द्र , २ उत्कृष्ट उद्यमी, १ उत्कृष्ट बचत कर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा मृतक दिल बहादुर थारुको दाजु कृष्ण बहादुर थारुलाई विमा वाफत रु ५३५०१४र प्रदान गरिएको थियो ।
साथै १८ जना सरकारी विद्यालयमा अध्ययनरत छात्र छात्राहरु छात्रवृत्ति वितरण गरिएको थियो । संस्थाको आन्तरिक लेखापरीक्षण विभाग प्रमुख नेप बहादुर चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजिकरण जनशक्ति ब्यबस्थापन विभाग प्रमुख काली दास चौधरीले गर्नु भएको थियो ।