•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. काे चाैथाे वार्षिक साधारणसभा सम्पन्न

April 13, 2023: ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. काे आज चाैथाे वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

संस्थाकाे अध्यक्ष मिरा चाैधरी ज्यू काे सभाध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि घाेराही उ.म.न.पा. १५काे अध्यक्ष रमेस पाण्डे रहनुभएकाे थियाे ।

यसैगरी विषेश अतिथिकाे रुपमा वडा न. १३ काे अध्यक्ष दुल्लुराम पाेख्रेल , अतिथिकाे रुपमा संस्थाकाे संस्थापक अध्यक्ष आसमानी चाैधरी, प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी, पत्रकार महासंघ दाङकाे उपाध्यक्ष वसुन्धरा गाैतम, नेपाल टेलिभिजन संवादाता तथा प्रेस युनियन दाङकाे अध्यक्ष सन्ताेष सुवेदी, रेडियो मध्यपश्चिमकाे समाचार संम्पादक छवि पुरी, गाेरक्ष राष्ट्रिय दैनिककाे संवादाता अमरराज आचार्य लगायत संचालक समिति सदस्य टिकाराम चाैधरी, अरुणा कुमारी चाैधरी, मिना गिरी, स्वतन्त्र संचालक गाेमा महरा रहनुभएकाे थियाे ।

सभाले चार बर्षकाे लागि पुनः निरविराेध रुपमा ५ सदस्यीय संचालक समिति चयन गरेकाे छ ।

समितिमा पुनः अध्यक्ष मिरा चाैधरी, सदस्य टिकाराम चाैधरी, अरुणा कुमारी चाैधरी, मिना गिरी र स्वतन्त्र संचालक गाेमा महरा रहनु भएकाेछ ।

संचालक समिति सदस्य मिना गिरीकाे स्वागत मन्तब्यबाट शुरुवात भएकाे कार्यक्रमकाे सहजिकरण कर्जा अधिकृत कालीदास चाैधरीले गर्नु भएकाे थियाे ।

click the following links to read news about this event.

https://gsamachar.com/?p=26385&fbclid=IwAR3tE3lDm7sP1kNsWKd2qJB4MdsqCmJkPjawUK4PZI7Nrqr_bSbbVBvY6vE

https://www.facebook.com/messenger_media?attachment_id=1188197171861515&message_id=mid.%24gABkML51o2OGNrttx4WHfZYf-p5da&thread_id=7050273061656801