रणनीतिक योजना र आर्थिक वर्ष 2082/083 काे प्रगति समीक्षा कार्यशाला सम्पन्न
July 25, 2026 Dang Ghorahi:
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक कार्यक्रमगरि Strategic Planning Way Forward & FY 2082/083 Progress Review Workshop सम्पन्न गरेकाे छ । संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री साेगत वीर चाैधरी ज्यूकाे अध्यक्षताका साे कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ काे समीक्षा गरिएकाे थियोे भने आगामी आर्थिक वर्ष ०८३/०८४ काे याेजना पुरागर्न तयार गरिएकाे याेजना र रणनीति याेजना तयार गरिएकाे छ ।
संस्थाकाे वरिष्ठ प्रबन्धक सुशिला गिरीकाे स्वागत मन्तब्यबाट शुरुभएकाे कार्यक्रमकाे सहजिकरण संस्थाकाे मानव संशाधन विभाग प्रमुख काली दास चाैधरीले गरेका थिए ।
कार्यक्रममा प्रशिक्षक हित बहादुर थापा, निर्मल चाैधरी, कालीदास चाैधरी, विनय चाैधरी, सुशिला गिरी, नेप बहादुर चाैधरी, निर्मल चाैधरी वी, पुजा घर्ती मगर लगायतले प्रशिक्षण गर्नुभएकाे हाे ।