लमही दाङकाे केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
April 2, 2026, Dang Ghorahi:
ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लमही दाङकाे आयोजनामा मिति २०८२/१२/१५ गते केन्द्र प्रमुख तथा उद्यमी सदस्यहरुसँग वित्तिय साक्षरता कार्यक्रम लमही दाङमा सम्पन्न भएकाे छ ।
संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा ४ उत्कृष्ट केन्द्र , २ उत्कृष्ट उद्यमी सदस्य , २ उत्कृष्ट बचत कर्ता र १० अनुशासित केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे ।
यसै गरि २० जना बिद्यालयमा अध्ययनरत भाई बहिनीहरुलाई छात्रवृत्ति स्वरुप स्टेसनरी र सहभागी सदस्यहरुलाई सेनेटरी प्याड पनि वितरण गरिएकाे थियाे । कार्यक्रममा उत्कृष्ट केन्द्रका प्रमुख , उत्कृष्ट उद्यमी सदस्यहरुले संस्थाले आफुहरुलाई ब्यबसायी बनाएकाे बताउनु भयाे ।